प्रहरी महानिरीक्षक खनालको गौशला वृत्तमा आकस्मिक छड्के « Nagarik Khabar

प्रहरी महानिरीक्षक खनालको गौशला वृत्तमा आकस्मिक छड्के



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आकस्मिक रुपमा काठमाडौंको गौशाला प्रहरी वृतमा पुगेका छन् । उनी गौशला वृत्तको छड्के निरीक्षणमा पुगेका हुन्।

काठमाडौ परिसर अन्तर्गत रहेको गौशला वृत्तको कामकारवाहीबारे जानकारी लिन पुगेका खनालले सो वृत्तका प्रमुखलाई सेवाग्राहीको हितमा काम गर्न र गुनासो व्यवस्थापन गर्न शुक्रबार निर्देशन दिएका थिए ।

निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । कार्यालय नागरिक मैत्री राख्न, समुदाय साझेदारी प्रहरी अनुरुप काम गर्न, र अपराध विरुद्ध कठोर भएर लाग्न समेत खनालले निर्देशन दिए। उनले त्यहाँ रहेका सेवाग्राहीसँग कुराकानी समेत गरेका थिए । प्रहरी कामकारवाहीको बारेमा उनले गुनासो आए तुरुन्तै परिसर प्रमुख वा प्रहरीका अन्य फोनमा उजुरी गर्न सिधै प्रहरी प्रधान कार्यालयको उजुरी शाखामा फोन गर्न समेत निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: