मुख्यमन्त्री पौडेलद्वारा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जली « Nagarik Khabar

मुख्यमन्त्री पौडेलद्वारा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जली



हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्व नेता मदन भण्डारी तथा जीवराज आश्रितप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । मदन–आश्रित २६ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देशमार्फत् पौडेलले श्रश्रद्धान्जली व्यक्त गरेका हुन् ।

सन्देशमा मुख्यमन्त्री पौडेलले ‘जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नवीन विचारक जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जलि’ उल्लेख गरेका छन् ।

आजै मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारकमा रहेको मदन भण्डारीको शालिकमा मार्ल्यापण गरे । आज बिहान भएको श्रद्धाञ्जलि तथा माल्यार्पण कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा मुख्यमन्त्रीसहित सहभागीहरुले स्व नेता भण्डारी र आश्रितको व्यक्तित्वको चर्चा गर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: