विधेयकको विरोधमा पत्रकार महासंघको प्रदर्शन « Nagarik Khabar

विधेयकको विरोधमा पत्रकार महासंघको प्रदर्शन



काठमाडौं । पत्रकार महासंघको अगुवाईमा मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले देशभर प्रदर्शन गरेका छन् । काठमाडौमा पनि नयाँ बानेश्वरमा सो विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल महासंघको अगुवाईमा एक घण्टा धर्ना र कोण सभा सम्पन्न भएको छ ।

विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ‘मिडिया काउन्सिल’ विधयेक संसदमा दर्ता भएको भन्दै चौतर्फीरुपमा विरोध भइरहेको छ।

काठमाडौमा भएको सो विरोध कार्यक्रममा मानवअधिकारीवादी संघ संस्थाका प्रतिनीधिहरु समेत भाग लिएका थिए । मानवअधिकारकर्मी सुन्दरमणी दीक्षित, चरण प्रसाई, सुशीला श्रेष्ठ लगायतले सो कोणसभालाई सम्बोधन गर्दे पत्रकारहरुको आन्दोलमा आफूहरुको ऐक्यबद्धता रहेको छ । कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र उपाध्यक्ष विपुल पोखरेलले विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । 

आन्दोलनमा सहभागीहरु सञ्चारकर्मीहरुः -फोटो फिचरसहित 

 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: