भण्डारीले पार्टी प्रवक्ता छान्ने जिम्मा दिनुभयो: पत्रकार श्रेष्ठ (भिडियोसहित) « Nagarik Khabar

भण्डारीले पार्टी प्रवक्ता छान्ने जिम्मा दिनुभयो: पत्रकार श्रेष्ठ (भिडियोसहित)



काठमाडौँ । नेपाली पत्रकारिता जगतमा किशोर श्रेष्ठ परिचित नाम हो । श्रेष्ठले आफ्नो जीवनको तीन दशक पत्रकारिता क्षेत्रमा बिताई सकेका छन् । प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठ र स्व.मदन भण्डारीको सम्बन्ध निकै नजिकको रहेको थियो ।

पत्रकार श्रेष्ठले बिहीबार आफ्नो फेसबुकमा स्व. भण्डारीसँगको सम्बन्धलाई लिएर लामो स्टाटस लेखे । हरेक वर्ष मदन-आश्रित स्मृति दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम हुन्छन् । त्यसै अनुसार शुक्रवार देशैभर विभिन्न कार्यक्रम भएका छन् ।

विक्रम संवत् २०४६ सालको राजनीतिक परिवर्तनपछि स्व.भण्डारी र श्रेष्ठको भेट भयो । काठमाडौँबाट निस्किने दृष्टि साप्ताहिकमा काम गर्ने क्रममा भण्डारी र श्रेष्ठको भेट भएको थियो । तत्कालीन एमालेको आधिकारिक पत्रिकाको रूपमा दृष्टि परिचित थियो ।

भण्डारीसँग श्रेष्ठले झन्डै तीन वर्ष प्रत्यक्ष जोडिएर काम गरे । त्यो ३ वर्षमा ३० वर्षमा भन्दा धेरै कुरा आफूले भण्डारीबाट सिकेको श्रेष्ठको भनाई छ । पुराना दिन सम्झेर श्रेष्ठ नागरिक खबरसँग भावुक बने । पत्रकार श्रेष्ठ स्व भण्डारीसंग नजिक भएर काम गर्ने मध्यका एक हुन् । 

भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: