क्रिकेट विश्वकप २०१९ को विजेताले ४० लाख अमेरिकी डलर पाउने « Nagarik Khabar

क्रिकेट विश्वकप २०१९ को विजेताले ४० लाख अमेरिकी डलर पाउने



लण्डन । अंग्रेजी महिना मेको अन्तिम सातादेखि इङ्ल्यान्ड र वेल्समा सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकपको उपाधि विजेता टोलीले ४० लाख अमेरिकी डलर प्राप्त गर्ने भएको छ ।

आईसीसीले यस पटक विजेता टोलीका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो राषिको पुरस्कार घोषणा गरेको हो । जसको नेपाली मुल्य ४४ करोड, ९७ लाख ६० हजार हुनेछ । मे ३० तारिखदेखि जुलाई १४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । यी १० टोलीले विश्वकपको ट्रफीसँगै ४० लाख अमेरिकी डलरका लागि समेत प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै प्रतियोगिताको उपविजेता टोलीले २० लाख अमेरिकी डलर प्राप्त गर्ने छ । सेमिफाइनलमै पराजित हुने दुईमध्ये दुवै टोलीले समान आठ÷आठ लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । इङ्ल्यान्ड र वेल्सको विभिन्न ११ ‘भेन्यू’मा ४६ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको कूल पुरस्कार राषि एक करोड अमेरिकी डलर रहेको आईसीसीले जनाएको छ ।

आईसीसी क्रिकेट विश्वकपको पुरस्कार रकमहरू,

विजेता टोली                                  ४० लाख अमेरिकी डलर                       ४४ करोड ९७ लाख ६० हजार रुपैयाँ
उपविजेता टोली                              २० लाख अमेरिकी डलर                       २२ करोड ४८ लाख ८० हजार रुपैयाँ
सेमिफाइनलमा रोकिने टोली                 आठ/आठ लाख अमेरिकी डलर              आठ करोड ९९ लाख ५२ हजार रुपैयाँ
समूहगत चरणको खेलमा विजेता टोली      प्रति खेल ४० हजार अमेरिकी डलर           ४४ लाख ९७ हजार ६ सय रुपैयाँ
लिग चरण पार गर्ने प्रत्येक टोली            एक/एक लाख अमेरिकी डलर                 एक करोड १२ लाख ४४ हजार रुपैयाँ

आईसीसीले प्रतियोगिताको समूहगत चरणको खेलको प्रत्येक विजेता टोलीका लागि समेत पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । जसमध्ये लिग चरणका प्रत्येक खेलको विजेता टोलीले ४०÷४० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । प्रतियोगिताको समूहगत चरणको खेल राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने छ । विश्वकपका सबै खेल प्रतिस्पर्धात्मक बनोस् भन्ने उदेश्यले समूहगत चरणको खेलमा समेत पुरस्कारको व्यवस्था गरिएको आईसीसीले जनाएको छ ।

यस पटक विश्वकपमा साविक विजेता अष्टे«लियासँगै भारत, इङ्ल्याण्ड, न्युजिल्यान्ड, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, वेष्ट इन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै छन् । ५० ओभर क्रिकेटको विश्वकपमा अष्टे«लिया सबैभन्दा बढी सफल टोली हो । उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरी पाँच पटक ५० ओभर क्रिकेटको विश्वकप उपाधि जितेको छ । विश्वकपका सुरुवाती दुई संस्करण वेष्ट इन्डिजले जितेको थियो । त्यस बाहेक भारतले सन् १९८३ र २०११ मा गरी दुई पटक विश्वकप उपाधि जितेको छ । त्यस बाहेक पाकिस्तान र श्रीलंकाले एक÷एक पटक विश्वकप उपाधि जितेका छन् । यस पटक कुनै नयाँ टोलीले उपाधि जित्ला या यी पुरानैमध्ये कसैले आफ्नो उपाधि संख्या बढाउला ? त्यसका लागि भने प्रतियोगिता अन्तिम खेलको नतिजा कुर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: