कांग्रेस सभापति देउवाको दाबी, ‘पार्टीलाई हराउनेहरु मेरोविरुद्ध उभिएका छन्’(भिडियोसहित) « Nagarik Khabar

कांग्रेस सभापति देउवाको दाबी, ‘पार्टीलाई हराउनेहरु मेरोविरुद्ध उभिएका छन्’(भिडियोसहित)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका छन् । सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको जिकिरसमेत गरे ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गरे ।

उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । दुइ कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहो¥याउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए ।

मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको दाबी गरे । उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैरप्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप लगाए ।

कार्यक्रममा नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे । उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने पनि बताए । पार्टीभित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाँहि हुनै नहुने नेता सिटौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: