सुनसान रातमा प्रियंका कार्की (भिडियो) « Nagarik Khabar

सुनसान रातमा प्रियंका कार्की (भिडियो)



काठमाडौं । ‘फुलेर फूल’ ‘अरुले भन्दा’ ‘तिम्रो हातमा’ जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत ‘सुनसान रातमा’ सार्वजनिक गरेका छन् । हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो बेस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी रहेका छन् ।
 
सेन्टिमेन्टल पप भर्सनको ‘सुनसान रातमा’ बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन।
गीतको भिडियोमा प्रियंका कार्की , निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।

भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: