शिशु हत्या आरोपमा आमा पक्राउ « Nagarik Khabar

शिशु हत्या आरोपमा आमा पक्राउ



गुल्मी । आफ्नी दुई महिनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जूना बिक रहेको प्रहरीले जनाएको छ ।

आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खबर गरेपछि जूनालाई शुक्रबार पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

मृतक शिशुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शव परीक्षण र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: