अवसरवादमा फसेका कम्युनिष्टले मुलुकलाई डुबाए: महासचिव बैद्य (भिडियोसहित) « Nagarik Khabar

अवसरवादमा फसेका कम्युनिष्टले मुलुकलाई डुबाए: महासचिव बैद्य (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले संशोधनवादी र अवसरवादी कम्युनिष्टले मुलुक डुबाएको प्रतिक्रिया दिएका छन् । प्रमुख सत्तारुढ नेकपाप्रति संकेत गर्दै वैद्यले संशोधनवाद/अवसरवादमा फसेका कम्युनिष्टले मुलुकलाई डुबाएको दावी गरे । उनले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी पनि दिए ।

सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रवार काठमाडौंमा विमोचन गर्दै वैद्यले आगामी दिनमा जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाडने दावी गरे ।

सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: