वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने व्यवसायीको चेतावनी « Nagarik Khabar

वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने व्यवसायीको चेतावनी



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारले आफ्नो माग पूरा नगरे वैदेशिक रोजगारमा जाने श्रमिकको उडान एक सातासम्म बन्द गर्ने चेतावनी दिएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै माग जेठ १६ गतेसम्म पूरा नभए १७ गतेदेखि २३ गतेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको हो ।

संघको शुक्रबार बसेको बैठकले नगद धरौटीको ब्याज पाउनु पर्ने, मर्जर हुने संस्थालाई उपयुतm व्यवस्था, मलेसिया कामदार पठाउने प्रक्रिया सुरु गर्नलगायत पाँच बुँदे माग अघि सरारको छ । सरकारलाई दिइएको समयसीमाभित्र माग पूरा नभए विरोध, संघर्ष र असहयोगको कार्यक्रम तय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: