सातवटा संगठनको नाम पूर्वएमालेबाट राखिँदा पूर्वमाओवादीको शून्य « Nagarik Khabar

सातवटा संगठनको नाम पूर्वएमालेबाट राखिँदा पूर्वमाओवादीको शून्य



काठमाडौं । पार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार पूर्वएमाले र पूर्वमाओवादी केन्द्र निकटका २२ वटा जनवर्गीय संगठनहरुको एकता र नेतृत्व घोषणा गरेको छ । एकीकृतमध्ये सातवटा संगठनको नाम पूर्वएमाले निकट संगठनको नाममै राखिँदा पूर्वमाओवादी निकट संगठनको नामबाट भने कुनै पनि संगठनको नामाकरण गरिएको छैन ।

नेकपाका २२ वटा जनवर्गीय संगठनमध्ये १५ वटाको भने नयाँ नामाकरण गरिएको छ । तीमध्ये अधिकांशको पूर्वएमाले र पूर्वमाओवादी निकटका संगठनहरुको नामभित्र रहेका शब्दहरुलाई मिलाएर राखिएको छ ।

एकता गर्दा युवा, महिला, विद्यार्थी, सुकुम्बासी, उद्योग व्यवसायी, पेशागत र किसान संगठनको नाम पूर्वएमाले निकटका संगठनको नाममै राखिएको छ । यसअघि माओवादीले प्रयोग गर्दै आएको क्रान्तिकारी शब्द सबै संगठनमा हटाइएको छ ।

नेतृत्वमा पूर्वएमालेबाट १५ पूर्वमाओवादीबाट सात

नेकपाको २२ वटा जनवर्गीय संगठनमा १५ वटा संगठनको नेतृत्व पूर्वएमालेले पाएको छ । पूर्वमाओवादीले सात वटा संगठनको मात्रै नेतृत्व पाएको छ ।

पूर्वएमालेले विद्यार्थी, वुद्धिजीवी, मजदुर, कानुन व्यवसायी, मानवअधिकारवादी, पेशागत, सांस्कृतिक, मुस्लिम, भूपू सुरक्षाकर्मी, उद्योग व्यवसायी, खेलकुद, सुकुम्बासी, इन्जिनियर, निर्माण व्यवसायी र किसान संगठनको नेतृत्व पाएको छ ।

यसैगरी पूर्वमाओवादीबाट युवा, महिला, पत्रकार, जनजाति, दलित, अपांग र प्रवासको नेतृत्व पाएको छ । जनवर्गीय संगठनमा एक तिहाइको पनि नेतृत्व नपाएको भन्दै पूर्वमाओवादी समूहमा असन्तुष्टि बढेको छ ।

कस्ता थिए नाम, कस्ता राखिए ?

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: