रोल्पा, शुक्रबार (आज) आगलागि हुँदा सुनछहरी गाउँपालिका–४ स्यूरीमा दुई वटा घर जलेर नष्ट भएका छन् । आगलागिबाट एक घरको पालि जलेको छ ।
प्रहरी चौकि स्यूरिका अनुसार सुनछहरी ४ स्यूरि निवासी जगलाल विक र विरपति विकको घर आगोले नस्त भएको छ । अन्नपात, लट्टाकपडा, जग्गाको लालपुर्जा, नगद लगायत घर भित्र रहेका सबै सामाग्री आगोले नष्ट भएको पिडितहरूको भनाइ रहेको छ ।
आगलागिबाट भएको क्षतिको विस्तृत् विवरण नआएको प्रहरीले जनाएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको वडा अध्यक्ष खड्क बहादुर घर्तीमगरले जानकारि दिएका छन् ।
तस्वीर : पत्रकार हर्क घर्तीमगरबाट