काठमाडौं । महानगरपालिका–२२ सुन्धारामा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पानी बोक्न प्रयोग गरिएको ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीया सुनिता केसीको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्करका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।