आयल निगमले इन्धनको मुल्य घटायो « Nagarik Khabar

आयल निगमले इन्धनको मुल्य घटायो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।

समायोजन गरी मूल्य घटाएपछि शनिबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न सक्नेछन् । भारतीय आयल कर्पोरेसन (आइओसी)ले १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकाले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: