तेजाबबाट घाइते जेनीको उपचारमा सिन्धुली ट्रस्टको सहयोग « Nagarik Khabar

तेजाबबाट घाइते जेनीको उपचारमा सिन्धुली ट्रस्टको सहयोग



काठमाडौं । तेजाब आक्रमणमा परी घाइते भएका जेनी खड्काको उपचारका लागि सिन्धुली ट्रस्टले सहयोग गरेको छ ।

सिन्धुली ट्रस्टका अध्यक्ष उज्वल थापाले कीर्तिपुर अस्पताल पुगेर २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । अपराधमध्येमा पनि तेजाब आक्रमण अत्यन्त अमानवीय र क्रुर अपराध भएको भन्दै अध्यक्ष थापाले सहयोग गरेको बताउनुभयो ।


काठमाडौंमा भएको तेजाब आक्रमणमा परी गम्भीर घाइते भएका जेनीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा सहयोग गर्न सिन्धुली ट्रस्टले आव्हान समेत गरेको छ ।

 जेनीलाई तेजाबको पीडा भोगेकी संगीता मगरले पनि साथ र सहयोग गरिरहेकी छन् । सहयोग गर्ने संगीताप्रति पनि टष्टले कृतज्ञता ज्ञापन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: