ढाट हटाउन आगजनी, कल्पना खड्का घाइते « Nagarik Khabar

ढाट हटाउन आगजनी, कल्पना खड्का घाइते



चितवन । पूर्व–पश्चिम राजमार्गअन्र्तगत भरतपुर महानगरपालिकाको गोन्द्राङमा राखिएको कर उठाउने ढाटमा शुक्रबार आगो लगाइएको समाचार अजको नागरिक दैनिकमा छापिएको छ ।

ढाटले स्थानीयसँग पनि शुल्क लिएको भन्दै विरोधमा उत्रिएको समूहले ढाटमा आगजनी गरेका हुन्। बिहान करिब १० जनाजतिको समूहले ढाटमा पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी बिट र ढाट नजिकै भएका कारण प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्। आगोले पोलेर घाइते भएकी खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: