बुद्ध कसरी नेपाली भए ? « Nagarik Khabar

बुद्ध कसरी नेपाली भए ?



काठमाडौं । बुद्ध कहाँ जन्मेका हुन् ? यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुपर्यो भने भन्छन्– यो बुद्धको देश हो !

यथार्थमा बुद्ध र बुद्ध जन्मभूमिबारे नेपाली समाजमा पर्याप्त अवधारणागत भ्रमहरू छन् । ती भ्रमबारे निकै कम मान्छे बोल्छन् । कति बोल्दै–बोल्दैनन् । किनभने बुद्ध नेपालमा जन्मेका थिएनन् कसैले भनोस् मात्रै, ऊ ठाडै ‘अराष्ट्रिय’, ‘देशविरोधी’ ‘राष्ट्रघाती’, ‘भारतीय दलाल’ भइजान्छ । आरोपहरू आउलान्, आलोचनमा परिएला भनेर सत्य नबोल्नु ठीक होइन । र, त्यो सत्य के हो भने बुद्ध जन्मँदै ‘नेपाली’ थिएनन् । न आजभोलि ‘परिशुद्ध नेपाली’ ठानिने दौरासुरुवाल–टोपीधारी गोर्खाली नै उनी हुन् ।

यो समाग्री आजको नयाँ पत्रिकाको शनिवारीय परिशिष्टाङक झन् नयाँमा छापिएको छ ।

मूल विषयमा प्रवेशार्थ दुई वाक्यबाट छलफल थालौँ– एक, सिद्धार्थ गौतम अर्थात् पछिका बुद्ध नेपालमा जन्मेका होइनन् । दुई, ती बुद्ध ‘नेपाली’ पनि थिएनन् । सिद्धार्थ गौतम जन्मेका थिए लुम्बिनीमा, जुन ठाउँ आधुनिककालमा पत्तो लागेको सवा सय वर्ष मात्रै भयो । अनि नेपाल नामको देश जन्मनुभन्दा २२–२३ सय वर्षअघि नै दार्श्निक गौतम बुद्ध संसारभरिका आफ्ना बनिसकेका थिए, कुनै एक देश, एक राज्य र एक राजखलकबाट मुक्त भइसकेका थिए । 

बुद्धको विलुप्त जन्मथलो : लुम्बिनी

बुद्धको जन्म २५ सय वर्षअघि लुम्बिनीमा भएको विभिन्न ऐतिहासिक अध्ययनहरूको निष्कर्ष छ । तर, बुद्धको जन्ममिति यकिनचाहिँ होइन । कथा–किंवदन्ती, शास्त्र र अभिलेखहरूका आधारमा उनको जन्मवर्ष निधो गरिएको हो । बुद्धको महापरिनिर्वाणको सयरसय वर्षमा श्रीलंकामा हुने गरेको बौद्ध सम्मेलनलाई आधार मानेर उनको जन्म मिति तय गरिएको ‘लुम्बिनीको मौन आह्वान’ पुस्तकका लेखक वसन्त बिडारी बताउँछन् ।

बौद्ध विद्वानहरूले अरू ऐतिहासिक र पुरातात्विक आधारहरू अघि सारेर उनको जन्म २४ सयदेखि २५ सय वर्षअघि भएको पुष्टि गरिसकेका छन् ।बुद्धको जन्मठाउँ लुम्बिनी हो भन्ने संस्कृत र पालि भाषामा लेखिएका प्राचीन ग्रन्थहरूले नै प्रमाणित गर्छन् ।

बौद्ध ग्रन्थहरू मात्रै होइन, फरक–फरक शताब्दीमा भारतीय उपमहाद्वीपमा यात्रामा निस्केका चिनियाँ यात्रीहरूले पनि लुम्बिनीको चर्चा गरेका छन् । तर, त्यो लुम्बिनी शताब्दीयौँसम्म गुमनाम थियो । चिनियाँ यात्रीहरूका वृत्तान्तमा लुम्बिनी मात्रै होइन, कपिलवस्तु, बोधगया, कुशीनगर, सारनाथ र यस क्षेत्रका अरू थुप्रै भू–खण्डबारे पनि उल्लेख छ । सयौँ वर्षको अन्तरालमा लुम्बिनी हरायो, जंगलमा परिणत भयो । १९औँ शताब्दीको उत्तराद्र्धसम्म बुद्धको जन्मस्थल (लुम्बिनी) फेला परेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: