काठमाडौं । प्रकृतिकपूजक किरात जातिले उभौली पर्व मनाउदै छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किराती रितिअनुसार किरात जातिले भव्य रूपमा भूमिपूजा गरी उभौली चाड चण्डी नाच नाच्दै एक महिनासम्म मनाउने गर्दछन् ।
किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाच्ने गरिन्छ भने नाचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ ।
ललितपुरको हात्तिवनमा उभौलिको तयारी तस्विरमा हेर्नुहोस्ः