सलमानको दबंग ३ मा मौनीको ठुम्का (फोटोफिचर) « Nagarik Khabar

सलमानको दबंग ३ मा मौनीको ठुम्का (फोटोफिचर)



एजेन्सी । बलिउड सुपरस्टार सलमान खान फिल्म ‘भारत’पछि ‘दबंग ३’ मा देखिने भएका छन् ।

मुम्बईमा यस फिल्मको शूटिङ भइरहेको बताइएको छ । दबंग ३ सँग जोडिएर एक खबर सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दबंग ३ मा सलमान खानसँग टिभी की नागिन मौनी रोय पनि देखिने भएकी छिन् ।

फिल्ममा रहेको गितमा सलमानसँग मौनीको हट (सेक्सी) डान्स रहने बताइएको छ । मौनीले भने यस विषयमा मुख खोलेकी छैनिन् ।

पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोडाको आइटम डान्स थियो भने ‘दबंग २’ मा करीना कपूरले आइटम डान्स गरेकी थिइन् । अब यस फिल्मको तेस्रो भाग ‘दबंग ३’ मा मौनी रोयको डान्स रहनेछ ।

फिल्म ‘दबंग ३’ मा सलमान खान, अभिनेत्री सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खानलगायतको मुख्य भूमिका रहनेछ ।

मौनी रोयका तस्विर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: