आज २५ सय ६३ औ वुद्ध जयन्ती « Nagarik Khabar

आज २५ सय ६३ औ वुद्ध जयन्ती



काठमाडौं । आज २५ सय ६३ औ वुद्ध जयन्ती अहिंसाको प्रतिक गौतम बुद्धको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

बुद्धको जन्मस्थल लुम्विनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने नेपालसँगै बौद्धधर्मवलम्बिहरुले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण जस्ता तीनवटा महान घटना बैशाख शुक्ल पूर्णिमाको दिन नै भएकाले आजको दिनलाई बुद्धका जीवनको अपूर्व संयोगका रुपमा पनि लिइन्छ ।

नेपालको लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी मायावतीका पुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभर प्रख्यात भएका थिए । गौतम बुद्ध एसियाका ज्योतिका रुपमा प्रसिद्ध छन् ।

बुद्धजयन्तीका अवसरमा शनिबार देशका बिभिन्न बौद्धविहार, मठ र गुम्बाहरुमा विशेष कार्यक्रम हुँदैछन् । उपत्यकामा विश्व सम्पदा सूचीमा सुचिकृत बौद्धनाथ क्षेत्र श्वयम्भु नाथ क्षेत्र लगायत विभिन्न धार्मिक स्थलहरुमा दर्शनार्थीहरुको भिड छ । बुद्धजयन्तीका दिन बिहानैदेखि विशेष बुद्ध पूजा, भजनकिर्तन र साँझमा दीपावली गर्दछ ।

सम्पूर्ण प्राणी जगत्को कल्याणको कामना सहित दैनिक दीप प्रज्वलन गरिने बौद्ध चैत्यहरुमा आज विशेष पूजा गरिन्छ । गौतम बुद्धद्वारा प्रतिपादित धर्म र उपदेशहरु नेपालका साथै भारत, चीन, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायत बिभिन्न देशमा बुद्धधर्म विस्तार भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: