किराती बस्तीमा सोईसोईला हौ..सोईला सोईसोईला… « Nagarik Khabar

किराती बस्तीमा सोईसोईला हौ..सोईला सोईसोईला…



चोमोलुङमा फेदी किराती गाउ..
ढोल र झयाम्टा बजाउदै …
बैशाख पुर्नै तिथिमा ….
साकेला सिलिमा नाचीमा जाउ …..
सोईसोईला हौ ….सोईला सोईसोईला ….

बैशाखे पुर्णिमाको दिन देखि पुर्वमा बसोवास गर्नै किरात राई जातिको बसोवास रहेको गाउँघर साकेलामय हुने गर्दछ । के युवा के वृद्ध, एकै लहर र पंतीमा उभिएर ढोल झयाम्टा र चौरीगाईको पच्छारको चमरसँगै नाच्ने गर्दछन् । यही क्रममा सुनसरी धरानका किरात राईहरुले यस बर्ष पनि साकेला उभौली पर्व धुमधामका साथ मनाउने भएका छन् ।

खासगरी वैसाखे पूर्णिमादेखि मनाउनेला उभौली र मंंसिरे पूर्णिमामा मनाउन साकेला पर्वलाई उधौली पर्वको रुपमा लिने गरिएको छ । यसै क्रममा किरात राई यायोख्खा सुनसरीले समेत प्रदेश नं. १ को नामकरण किरात प्रदेशको मागसहित बैशाखे पुर्णिमाको दिन आज जेष्ठ ४ देखि १८ गतेसम्म १५ दिन धुमधामका साथ साकेला पर्व मनाउने किरात राई यायोख्खा सुनसरीले जानकारी दिएको छ ।

पदेश नंं. १ को राजधानी षड्यन्त्रपूर्वक विराटनगर टुंगो लगाएको बताउदै नामाकरणमा यस्तो नहोस् भनेर सांस्कृतिक चाड साकेला मार्फत दबाब दिने उद्देश्यका साथ मनाउन लागिएको किरात राई यायोख्खा सुनसरीका अध्यक्ष बलराम राईले बताए । उनले यो पर्वमा अवधिभर स्थानीयदेखि लिएर केन्द्रीय नेताहरुलाई समावेश गर्ने समेत जानकारी दिए ।

बैसाख पूर्णिमादेखि शुरु भएर औशीसम्म १५ दिनसम्म चल्ने साकेला पर्वको पहिलो दिन अर्थात जेष्ठ ४ गते किरात राई यायोख्खा धरान १३ प्रकास र इटहरी ५ र ७ को संयुक्त आयोजनामा बुद्धिकर्ण राईको दरबार क्षेत्र र विजयपुर काब्य बाटिका इटहरीमा धुमधामका साथ पूजा अर्जना गरी शुरु गरिने किरात राई यायोख्खा सुनसरीका प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्र चाम्लिङ्गले जानकारी दिए ।

कार्यक्रम अनुसार वैसाख ५ देखि १८ गतेसम्म सुनसरीको विष्णृुपादुका, पकली, प्रकाशपुर, पाँकन्या, हासपोसा, बराहक्षेत्र, इटहरी, दुहवी, धरान, भरौल, बक्लौरी हुदै अन्तिम दिन अर्थात वैसाख १८ गते धरान १७ साकेला पार्कमा प्रकाश स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीसगै कार्यक्रम सम्पन्न हुने प्रचारप्रचार उपसमितिका संयोजक चाम्लिङ्गले बताए ।

समय राम्रो होस, अन्नबाली सप्रियोस, सह बसोस् र अनिकाल नलागोस, सबै जीव प्राणीहरुमा सुख होस भन्दै सिमेभुमे पूजा गरी साकला नाचेर नया अन्नबाली लगाउने चाड साकेला उभौलीको रुपमा किरात राईहरुले लिने गरेका छन् ।

  • भैरब आङ्ला

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: