लुम्बिनीमा प्रधानमन्त्रीले गरे वृक्षारोपण « Nagarik Khabar

लुम्बिनीमा प्रधानमन्त्रीले गरे वृक्षारोपण



बुटवल । प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बृक्षारोपण गरेका छन् । लुम्बिनीको नयाँ ग्राममा प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो साँझ दीप प्रज्ज्वलन गर्नाका साथै राजा शुद्घोधनको तिलौराकोटस्थित दरबारको भग्नावशेष अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीले आज बिहान मायादेवी मन्दिरमा विशेष पूजा गर्नुका साथै शान्ति र्याली शुभारम्भ गरेका छन् ।

भिक्षु भिक्षुणीलाई भोजन दान गर्ने, फलफूलका बिरुवा रोप्ने र झण्डोक्तोलन गर्ने कार्यत्रम रहेको भ्रमण वर्ष २०७६का संयोजक कार्यक्रम तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए ।

लुम्बिनी भ्रमण वर्ष

आजै प्रदेश नं ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिएको बुद्घ जयन्तीसमबन्धी मूल कार्यक्रम औपचारिक रुपमा शुरु भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

मुख्यमन्त्रीको सन्देश

यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले २५६३ औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना शन्देश जारी गर्दै भगवान् बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्दै बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको भएको बताए । उनले प्रदेश सरकारले समृद्धिको मुख्य आधार पर्यटन विकासलाई नै बनाएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षको कार्यक्रम महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: