ताइवानमा समलिङ्गी विवाहलाई वैधानिकता « Nagarik Khabar

ताइवानमा समलिङ्गी विवाहलाई वैधानिकता



काठमाडौं । ताइवानको संसदले समलिङ्गीहरुबीचको विवाहलाई वैधानिकता दिएको छ । सरकारले प्रस्तुत गरेको विधेकमा ६६ जनाले पक्षमा मतदान गरेका थिए भने २२ जनाले बिपक्षमा मत जाहेर गरे ।
ताइएवानका रास्ट्रपति तई इन्गवानले प्रमाणिकरण गरेपछि कानुनी मान्यता प्राप्त गर्नेछ । समलिङ्गीहरुबीचको विवाह वैधानिकता दिने ताइवान एशियाको पहिलो रास्ट्र भएको छ ।

मतदानपछि, ताइवानका रास्ट्रपति तई इन्गवानले टिप्पणी गरेका छन् । उनले भनेका छन् ,‘हामीले सत्य र समानताको दिशामा ठूलो कदम उठायौ, जसले ताइवानलाई अझ राम्रो देश बनाएको छ ।’

अर्जेन्टिना, अष्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजील, क्यानाडा, कोलम्बिया, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, आयरल्यान्ड, लक्जमबर्ग, माल्टा, मेक्सिको, नेदरल्यान्ड्स, बीे न्यूजील्याण्ड, नर्वे, पोर्चुगल, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, बेलायत, संयुक्त राज्य,अमेरिका र उरुग्वे लगाएतका देशहरुले समलिङ्गी विवाहलाइ वैधानिकता दिदै आएका छन् ।

एलजिबिटी समुदायमा खुसियाली छाएको छ । उनीहरुले चिनको एलजिबिटी समुदायमा धेरै सकारात्मक प्रभाव पार्ने आशा प्रदान गरेका छन् । चिनमा समलिङ्गी विवाहलाई राम्रो मानिदैन तर पनि चिनिया संस्कृति प्रगतिशील रहेको ताइवानीहरुले बताएका छन् ।

नेपालमा एलजिबिटि समुदायको हक हितका लागि लड्दै आएकी ब्लु डाइमण्ड समाजको अध्यक्ष पिंकी गुरुङ्सँग ताइवानको कदमलाई स्वागत गरेकी छिन् । ‘ मे १७ गते विश्व स्वास्थ्य संगठनले एलजिबिटीहरु मानसिक रोगी होइनन भनेर घोषणा गरेको दिन हो , यस ऐतिहासिक दिनको अवसर पारेर ताइवानले ठुलो कदम चालेको छ’, उनले नागरिक खबरसँग भनिन । उनका अनुसार एशियामा पहिलो पटक ताइवानले न्यायोचित कदम चालेको छ ।

ताइवानले एलजिबिटि समुदायलाइ ठूलो न्याय दिएको छ जो मानवतावाद्का लागि सुखद पक्ष हो । ‘ नेपालमा पनि समलिङ्गीÞबीचको विवाहलाई वैधानिकता दिन हामी सरकारसँग आग्रह गर्न चाहान्छौ । कयौ समलिङ्गीहरु जबरजस्त वैवाहिक बन्धनमा बाधिएर कठिन जिवन जिउन बाध्य भएका छन ,मानवका दृष्टिले सबैलाइ समान ब्यबहार गरौ’, उनले भनिन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: