हाम्रा छिमेकीले पार्टी एकतालाई माइक्रोस्कोप लगाएर हेरेका छन् : प्रचण्ड (भिडियोसहित) « Nagarik Khabar

हाम्रा छिमेकीले पार्टी एकतालाई माइक्रोस्कोप लगाएर हेरेका छन् : प्रचण्ड (भिडियोसहित)



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई छिमेकी देशले माइक्रोस्कोप लगाएर हेरेको बताएका छन् । सिन्धुलीमा आयोजित एक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै प्रचण्डले विरोधीले पार्टीभित्र भाडभैलो गरे हुन्थ्यो भनेर धूप हालेर बसेको र छिमेकीले माइक्रोस्कोप लगाएर हेरेको बताए ।

पार्टी एकतालाई संसारभरबाट हेरिएको भन्दै प्रचण्डले भने ‘हामीले केही नगरेमा संसारभर निराशा छाउँछ । त्यसैले हामी असफल हुने छुट छैन ।’

 
केन्द्र, प्रदेश र स्थानीय तहमा समेत नेताहरूको सही व्यवस्थापन नभएमा अप्ठ्यारो अवस्था आउने भन्दै प्रचण्डले सबै ठाउँमा सही व्यवस्थापन गर्ने गरी छलफल चलिरहेको दाबी गरे । उनले नेतृत्व सहित एकताको सन्देश दिन सबै प्रदेशमा कार्यक्रम गर्ने बताए ।

आउने निर्वाचनमा एक्लै दुई तिहाइ मत ल्याउने गरी पार्टीले बजेटको तयारी गरेको उनको दाबी छ । प्रचण्डले जनमुखी, लोकप्रिय र सामाजिक सुरक्षामा केन्द्रित गरेर बजेट ल्याउने भन्दै अघिल्लो वर्षको बजेटले जनतामा आशा जगाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: