वैवाहिक सम्बन्धमा रवि र निकिता « Nagarik Khabar

वैवाहिक सम्बन्धमा रवि र निकिता



काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले शुक्रबार परम्परागत रुपमा बिहे गरेका छन् ।

न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवि लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग अदालतमा विवाह दर्ता गराएका थिए । काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गरेका हुन । पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: