यसरी हुन्छ लापसे परीक्षण (भिडियोसहित) « Nagarik Khabar

यसरी हुन्छ लापसे परीक्षण (भिडियोसहित)



काठमाडौँ । ट्राफिक प्रहरीले सवारी दुर्घटनालाई कम गर्ने उद्देश्यसहित लागु पदार्थ सेवन (लापसे)को पनि चेक जाँच गर्न सुरु गरेको छ । नार्कोनन् नेपालको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले गत चैतदेखि लापसेकाे छड्के चेकजाँच थालेको हो ।

ट्राफिक प्रहरीले राजमार्गमा चल्ने सवारी चालकको मूत्र परीक्षण गरेर लापसेको अवस्था पत्ता लगाउँछन् । नेपालमा ड्रग युरिन टेस्ट किटबाट सडकमै जाँच गरिएको यो पहिलो पटक हो । मापसे जाँचसँगै प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर ड्रग युरिन टेस्ट किटबाट जाँच गर्दा चालकहरूले लागु पदार्थ सेवन गरेको पाइएको छ ।

सवारी चालकलाई सानो डब्बामा पिसाब लिएर आउन लगाउने र उक्त पिसाबलाई किटमा हाल्दा ३० सेकेन्डभित्र लागु पदार्थ खाएको वा नखाएको पत्ता लाग्छ । चैत मसान्तदेखि लापसे चेकजाँचको क्रममा दुई जनाले गाँजा सेवन गरेको पाइएको छ । कसरी थाहा पाउने लागु पदार्थ सेवन गरेको ? 

नार्कोनन् नेपालका संयोजक वसन्त कुँवरसँगको कुराकानी


नेपालमा सवारी दुर्घटनाको तथ्याङ्क डर लाग्दो छ । हरेक वर्ष झन्डै तीन हजार जनाले सवारी दुर्घटनामा ज्यान गुमाउँछन् । दुर्घटना कम गर्ने उद्देश्यसहित केही वर्षदेखि मादक पदार्थ सेवन अर्थात् मापसे चेक जाँचमा कडाइ गरिएको छ । यस अभियानमा प्रहरीले सफलता प्राप्त गरेपछि लापसे पनि चेक जाँच गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: