पत्रकार महासंघको भवन निर्माणका लागि सहकारीको सहयोग « Nagarik Khabar

पत्रकार महासंघको भवन निर्माणका लागि सहकारीको सहयोग



दोलखा । स्थापना दिवसको अवसर पारेर कालिञ्चोक सहकारी संस्था लिमिटेड चरिकोट दोलखाले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि दश हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

आफ्नो ४२औं स्थापना दिवसको अवसर पारी आज दोलखा सदरमुकाम चरिकोट आयोजित एक कार्यक्रमका विच सहकारी संस्थाका अध्यक्ष राजेश उप्रेतीले नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई रकम हस्तान्तरण गर्नुभयो ।

दोलखा सदरमुकाम चरिकोटमा नेपाल पत्रकार महासंघ, दोलखा शाखाले सूचना केन्द्र सहितको अत्याधुनिक भवन निर्माण गर्न सुरु गरे सँगै विभिन्न निकायबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको महासंघ दोलखाका अध्यक्ष जीवन लामाले बताउँनु भयो । हाल भवनको पहिलो तल्लाको ढलान सकिएको जानकारी दिनु हँुदै लामाले भवन निर्माण कार्य जारी रहने बताउनुभयो ।

महासंघको भवन निर्माणका लागि गाउँपालिका, नगरपालिका देखी पत्रकार, समाजसेवी, विभिन्न उद्योगी व्यवसायी, संघ संस्था र निकायहरुले सहयोग गर्दै आएको महासंघले जनाएको छ । महासंघले भवन निर्माणका लागि आर्थिक संकलन जुुटाउँन विभिन्न अभियान समेत सञ्चालन गर्दै आएको छ । भवन निर्माण सम्पन्न गरी टिट्टै कार्यालय सञ्चालन गर्ने महासंघको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: