३४ किलो गाँजा सहित मानिस पक्राउ « Nagarik Khabar

३४ किलो गाँजा सहित मानिस पक्राउ



बारा । प्रहरीले बाराबाट ३४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर तथा बारा प्रहरी कार्यालयबाट खटिएको टोलीले बारा पचरौता नगरपालिका वडा नं.८ लगंडाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका वडा नं.३ खोपवा बस्ने बर्ष ४० को रामएकवाल चौधरी र जिल्ला बारा करैयमाई गाउँपालिका वडा नं.४ बस्ने लक्ष्मण चौधरीको छोरा बर्ष ५० को हरेन्द्र चौधरी रहेका छन् । उनीहरुले टाउकोमा बोकी ल्याएको बोराहरु चेकजाँच गर्दा अवैध लागु औषध गाँजा ३४ किलो फेला पारी बरामद गरेको थियो । उनीहरुलाई बारा जिल्ला अदालतबाट ५ दिनको समय लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: