कम तेल बेच्रे पेट्रोल पम्पमा सिलबन्दी « Nagarik Khabar

कम तेल बेच्रे पेट्रोल पम्पमा सिलबन्दी



राजविराज । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा सिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा शनिबार सिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रतिपाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरिरहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख झाले बताए ।

यसैबीच सिलबन्दी गरिएको पम्पलाई नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: