लुम्बिनीलाई विश्वमा बुद्धका सन्देश फैलाउने भूमि बनाइने छ : प्रधानमन्त्री ओली « Nagarik Khabar

लुम्बिनीलाई विश्वमा बुद्धका सन्देश फैलाउने भूमि बनाइने छ : प्रधानमन्त्री ओली



कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

२५६३औँ जयन्तीको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आयोजित भिक्षुभिक्षुणीहरुलाई संघ दान गर्ने कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले बौद्ध समुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले विगतमा लुम्बिनीका लागि धेरै प्रयासहरुले सार्थकता पाउँदै गएको उल्लेख गर्दै आगामी वर्ष झन्
व्यवस्थित रुपमा विकासका काम अघि बढाउने प्रतिवद्धता बताए । ‘वर्षदेखि योजनाबद्ध ढंगले सरकार अघि बढेको छ,’ उनले भने, ‘लुम्बिनीबाट विश्वसमुदायलाई बुद्धका सन्देशहरु फैलाउनका लागि लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ ।’

प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मूलुकहरुसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: