लक्ष्मी बमको फस्टलुक सार्वजनिक, रिलिज कहिले ? « Nagarik Khabar

लक्ष्मी बमको फस्टलुक सार्वजनिक, रिलिज कहिले ?



एजेन्सी । बलिउडमा अहिले अक्षय कुमारको नयाँ फिल्म लक्ष्मी बमको चर्चा सुरु भएको छ ।

केही दिन अघिदेखि अक्षय कुमारले यस फिल्मको शूटिङ शुरु गरेका थिए ।

फिल्मको फस्ट लुक सार्वजनिक भएको छ । अक्षयले फिल्मको फस्ट लुक सार्वजनिक गरेका हुन् ।

फस्ट लुकमा अक्षय कुमार दमदार रुपमा प्रस्तुत भएका छन् । अक्षयले गाजल लगाउँदै गरेको तस्विर फस्ट लुकमा देखाइएको छ ।

फिल्ममा कियारा आडवाणीको पनि अभिनय छ । फिल्म आगामी ५ जुनमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: