प्रकृतिको पूजासँगै सुरु भयो किरातीको उभौली पर्व (भिडियोसहित) « Nagarik Khabar

प्रकृतिको पूजासँगै सुरु भयो किरातीको उभौली पर्व (भिडियोसहित)



काठमाडौं । किरात समुदायले प्रकृतिको पूजाआरधना गर्दै उभौली पर्व मनाउन सुरु गरेका छन् । वैशाखे पूर्णिमाको अवसरमा उभौली पर्व मनाउने प्रचलन छ।

किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवार, थामीलगायत जातिले एक वर्षलाई उभौली र उधौलीमा विभाजन गर्दछन्। यसअनुसार बाली लगाउने यामलाई उभौली र बाली उठाउने यामलाई उधौली याम भन्दछन्। यी दुवै याममा प्रकृतिको पूजाआज गरी यो पर्व मनाउने गर्दछन्।

कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ। उभौलीलाई समुदायका राईहरुले साकेला, लिम्बूले यक्वा तङनाम, सुनुवारले ष्याँदरपिदार, याक्खाले युच्याङ र थामीले भुम्या नामले सम्बोधन गर्दछन्।

उभौली अवसरमा पूजाआरधना गरी एकापसमा शुभकामना आदानप्रदान गर्दछन् । यस्तै, सामुहिक रुपमा भेला भई नाच्ने, मीठो परिकार खाने प्रचलन छ ।

यो पनि पढ्नुहोस्

किराती बस्तीमा सोईसोईला हौ, सोईला सोईसोईला…

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: