ईश्वर सिंहको ‘बरमालामा जरी’ (भिडियोसहित) « Nagarik Khabar

ईश्वर सिंहको ‘बरमालामा जरी’ (भिडियोसहित)



काठमाडौँ । गायक ईश्वर सिंहको पञ्चेबाजा गीत ‘बरमालामा जरी’ सार्वजनिक भएको छ । विवाहको लगनलाई ध्यान दिदैं नयाँ नौमती बाजाको गीत बजारमा ल्याएका सिंहले गीतको सुटिङ भने बागलुङको बिहुँकोट सिरपालिमा गरेका हुन् । गीतलाई दर्शकले निक्कै मन पराएका छन् ।

ईश्वर सिंह र जुना श्रीस मगरले स्वर दिएको गीतमा बागलुङ बिहुँका रुद्र कँडेल दम्पत्तीले अभिनय गरेका छन् । पोर्चुगलमा बसोबास गर्दै आएका कँडेलले आफ्नो विवाहको अवसरमा सुटिङको व्यवस्थापन गरेका हुन् ।

सुटिङ पनि कँडेलको पुरानो शैलीको घुमाउने घर, बिहुँ-७, श्रीपालिमा गरिएको छ । गीतमा शिव अखेलीले शब्द चयन गरेका छन् । अभिनयमा जीवन साहनी र अस्मी थापाले समेत साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: