प्रेस स्वतन्त्रताविरोधी विधेयक पारित हुन दिँदैनौं : सभाति देउवा « Nagarik Khabar

प्रेस स्वतन्त्रताविरोधी विधेयक पारित हुन दिँदैनौं : सभाति देउवा



मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको दाबी गरे ।

सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु कांग्रेसले पारित हुन नदिने बताए । ‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ,’ उनले भने, ‘जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।’’

सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति देउवाले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने प्रष्ट पारे । उनले कांग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि दाबी गरे ।

सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: