राति सुत्ने बेलामा पानी पिउनु राम्रो कि नराम्रो ? « Nagarik Khabar

राति सुत्ने बेलामा पानी पिउनु राम्रो कि नराम्रो ?



एजेन्सी । हाम्रो शरीर ६० प्रतिशत भाग पानीले बनेको छ । हामीले निरन्तर शरीरबाट पानी गुमाइरहेका हुन्छौँ । दिसा, पिसाब र पसिनाबाट निरन्तर पानी गइरहेको हुन्छ । त्यति मात्र होइन शरीरमा चोट पटक लाग्यो भनेपनि पानीको मात्रा निरन्तर जान्छ ।

पानीको मात्रा आवश्यकभन्दा कम भएमा त्यसलाई निर्जलीकरण अर्थात् डिहाइड्रेसन भनिन्छ । त्यस्तो अवस्थामा तपाईँले पानी पिउनु पर्छ भने अत्यन्तै कम भएको अवस्थामा सलाइन पानी दिनुपर्ने हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

चिकित्सकहरूले दैनिक २/३ लिटर पानी पिउनु पर्ने सुझाव दिन्छन् । शरीरलाई कति पानी आवश्यक पर्छ भन्ने कुरा मानिसको उमेर, तौल र उसले गर्ने क्रियाकलापमा भर पर्छ ।

राती सुत्ने बेलामा पानी पिउनु कत्तिको फाइदा जनक ?

राति सुत्ने बेलामा पानी पिउँदा पिसाबको मात्रा बढ्छ । त्यसले निद्रालाई असर त पक्कै गर्छ । चिकित्सकहरूले पिसाब लामो समय रोक्दा अन्य रोगलाई समेत फाइदा पुर्‍याउने बताएका छन् ।

सुत्ने समयअगाडि पानी पिउँदा निद्रा राम्रोसँग पुग्दैन । त्यसले उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलजस्ता स्वास्थ्य समस्या हुन्छ । नेशनल सोड फाउण्डेसनका अनुसार ४५ वर्षको उमेर र वृद्धहरूमा गरिएको अनुसन्धानमा ६ घण्टाभन्दा कम सुत्ने मानिसमा हृदयघातको सम्भावना बढी हुन्छ ।

विभिन्न प्रकारका अध्ययनले दिनको समयमा पर्याप्त पानी पिउनु पर्छ । राति सुत्नुभन्दा २ घन्टाअघिसम्म मात्र पानी पिउनु पर्छ । चिकित्सकहरूले सुत्ने बेलामा अति आवश्यक महसुस भए मात्र पानी पिउन सल्लाह दिन्छन् ।

चिकित्सकले दिउँसोको समयमा भने पर्याप्त पानी पिउनुपर्नेमा जोड दिएका छन् । राति सुत्ने बेलाभन्दा दुई घण्टाअगाडि मात्र पानी पिउन उत्तम हुन्छ । पिउनै पर्ने भए पनि एक ग्लास मनतातो पानी पिउनु पर्छ । यसले तपाईँलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।

सागपात र फलफूलको सेवन जति सक्यो बढाउनु पर्छ । त्यस्ता खानेकुराले पानीको मात्रा कमी हुन दिदैंन । खाना वा नास्ता खानेबेलामा एक ग्लास मनतातो पानी पिउनु पर्छ । व्यायाम गर्नुभन्दा पहिले र सकिसकेपछि पानी पिउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: