तस्कर छुटाउन भारतीयद्वारा बाँकेमा सांसदलाई बन्धक ! « Nagarik Khabar

तस्कर छुटाउन भारतीयद्वारा बाँकेमा सांसदलाई बन्धक !



नेपालगञ्ज । बाँकेको नरैनापुरमा भारतीय नागरिक छुटाउन भारतीयद्वारा प्रदेश सांसदलाई बन्धक बनाएका छन् । भारतीय नागरिकको समूहले प्रहरी चौकीमा समेत आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रदेश ५ की सांसद कृष्णा केसी नमूनाले पत्रकार सम्मेलन गरेर आफूलाई  भारतीय नागरिक छुटाउन स्थानीय र भारतीय नागरिकले शुक्रवार दिउँसो बन्धक बनाएको बताईन । उनी निर्वाचन क्षेत्रको स्थलगत अवलोकनमा त्यसतर्फ पुगेकी थिईन ।
सांसद केसीले प्रहरीको सहयोगमा आफू बन्धक मुक्त भएको बताईन् । चरेश सहित पक्राउ परेका भारतीय नागरिकलाई छाड्नुपर्ने माग राखेर स्थानीय र भारतीयद्वारा आफूलाई बन्धक बनाएको तथा प्रहरी चौकीमा समेत आक्रमण गरेको उनको भनाई छ ।
स्थानीयले लाठी र घरेलु हतियारबाट प्रहरी चौकीमा आक्रमण गरेका थिए । प्रहरीले झण्डै दर्जनौं राउण्ड हवाई फायर गरेको जनाएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले प्रहरीले ६३ राउण्ड हवाई फायर गरेको जानकारी दिए ।
भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट प्रहरीले ६ किलो चरेश बरामद गरेपछि स्थानीय र भारतीयले विश्वकर्मालाई छाड्न दबाब दिएका थिए । प्रहरीले विश्वकर्मालाई नेपालगञ्ज ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: