मंगलसेन नगरपालिकाको गाडीमा आगो लगाउने दुईजना पक्राउ « Nagarik Khabar

मंगलसेन नगरपालिकाको गाडीमा आगो लगाउने दुईजना पक्राउ



अछाम । मंगलसेन नगरपालिका ५ स्थित नगरपालिका कार्यालयको परिसरमा पार्किङ गरी राखेको गाडीमाथि आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ३१ गते राती २ बजेको समयमा कार्यालयको बा.२ झ ३६९४ नम्बरको फोर्ड कम्पनी इन्डोभर गाडीमा आगजनी भएको थियो । आगजनी गर्ने कार्यमा संलग्न मंगलसेन नगरपालिका वडा नं.१ कुन्तिबण्डालीका १९ बर्षका दिपेन्द्र जैगडी र सोही ठाउँ बस्ने १९ बर्षका एकेन्द्र राज नाथलाई पक्राउ गरेको हो । पक्राउ अभियुक्तहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी
कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: