सरकार निरंकुशताकाे बाटोमा जाँदैछः कांग्रेस नेता केसी « Nagarik Khabar

सरकार निरंकुशताकाे बाटोमा जाँदैछः कांग्रेस नेता केसी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकारले सम्पूर्ण शक्ति र अधिकार आफुमा निहित गर्ने गरी एकपछि अर्को कानुन बनाउँदै गएको दाबीसमेत गरे । राज्यका सम्पूर्ण संवैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरी सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उनले आपत्ति जनाए ।

नेता केसीले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रताविरोधी भएकाले त्यसको कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: