दोलखामा वरिष्ठ कलाकारहरु सम्मानित « Nagarik Khabar

दोलखामा वरिष्ठ कलाकारहरु सम्मानित



दोलखा । कला क्षेत्रबाट राष्ट्रका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै चारजना वरिष्ठ कलाकारहरु गृह जिल्ला दोलखामा सम्मानित भएका छन् ।

प्रेम पूर्ण प्रताप फाउण्डेशन, दोलखाले गरेको सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लोक गायक कुमार बस्नेत, हरिबहादुर राउत र नाट्य कलाकार पुष्कर गुरुङ सम्मानित भएका हुन् । शनिबार आयोजित सम्मान कार्यक्रममा ३ नं. प्रदेशका प्रदेशसभा सदस्य विशाल खड्का र जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोसल्ला तथा सम्मान पत्रले कलाकारहरुलाई सम्मान गरे ।

फाउण्डेशनको संरक्षक समेत रहेकी दोलखा स्थाई घर भै अमेरिका बस्दै आएकी पदमा प्रधानले सहयोग गर्दै आएकी छिन् । उनले फाउण्डेशनको तर्फबाट नेपाल पत्रकार महासंघ दोलखा शाखाको निर्माणाधीन भवनका लागि १० हजार सहयोग गरेकी छिन् । उनले शिक्षा क्षेत्रमा सहयोग गर्न पाँच लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेकी छिन् ।

पत्रकार सम्मानित

मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा योगदान गरेको भन्दै नेपाल मानव अधिकार सङ्गठन दोलखाले जिल्लाका दुई पत्रकारलाई सम्मान गरेको छ ।

संगठनले शनिबार चरिकोटमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र युवा पत्रकार रविन्द्र गौतमलाई सम्मान गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: