नयाँ बानेश्वरबाट देखिएको सूर्यास्तको दृश्य (फोटोफिचर) « Nagarik Khabar

नयाँ बानेश्वरबाट देखिएको सूर्यास्तको दृश्य (फोटोफिचर)



काठमाडौं । संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकाबाट सूर्योदय र सूर्यास्तको दृश्य कमै मात्र देखिन्छ । यहाँ रहेका बाक्लो र अग्लो घरले उक्त दृश्यलाई छेकिदिन्छ ।

यसमा अझ यहाँको धुलो र धुवाँले आकाश मैलो बनाइदिनाले हत्तपत्त आकाश खुलेको देख्न पाइँदैन । यस वर्ष मौसम बदली भइरहने र पानी पर्ने भइरहँदा झन् सूर्योदय र सूर्यास्तको दृश्य आक्कल झुक्कल मात्र देखिन्छ ।

पानी पर्ने र आकाश उघ्रिने मौकामा देखिने सूर्यको दृश्य निक्कै सुन्दर हुन्छ । जेठ ४ गते शनिबार पानी परेपछि पश्चिम दिशाको डाँडालाई नाघ्दै गरेको सूर्यको दृश्य पनि कम सुन्दर थिएन । त्यस दृश्यलाई काठमाडौंको नयाँबानेश्वरबाट कैद गर्दा यस्तो देखियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: