‘यो भैंसीले काल खोज्यो, जान्छ भीरतिर’ (भिडियोसहित) « Nagarik Khabar

‘यो भैंसीले काल खोज्यो, जान्छ भीरतिर’ (भिडियोसहित)



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सत्ताको मातले गर्दा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै केसीले सरकारमा जानेहरुले ‘स्वर’ नपाएर प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । सरकार गलत बाटोमाअगाडि बढेको भन्दै उनले भने, ‘यो भैंसीले काल खोज्यो, जान्छ भीरतिर ।’

सत्ताबाहिर हुँदा जनता र मिडिया चाहिने दललाई सत्तामा पुगेपछि केही नचाहिने प्रवृत्ति रहेको उनको भनाइ छ । पञ्चायतकालमा बोल्नेलाई थुन्ने चलन रहेको स्मरण गर्दै उनले अहिलेको अवस्था पनि उस्तै हुन थालेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: