मानव अधिकार प्रवद्र्धनमा योगदान गर्ने पत्रकार सम्मानित « Nagarik Khabar

मानव अधिकार प्रवद्र्धनमा योगदान गर्ने पत्रकार सम्मानित



दोलखा । मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा महत्वपुर्ण योगदान गरेको भन्दै नेपाल मानव अधिकार सङ्गठन दोलखाले जिल्लाका दुई पत्रकारलाई सम्मान गरेको छ ।

संगठनले नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा दोलखाका बरिष्ठ पत्रकार चिरञ्जीवी मास्के र अर्का युवा पत्रकार रविन्द्र गौतमलाई सम्मान गरेको हो । सङ्गठनले शनिवार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको मानव अधिकार शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रममा सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सम्मानित पत्रकारहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । नेपाल मानव अधिकार सङ्गठन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सङ्गठनका केन्द्रिय सदस्य प्रा डा गोविन्द ढकाल र प्रशिक्षक अधिवक्ता कल्याण पोखरेलले मानव अधिकार विविध विषयमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी वलका अधिकृत लगायत नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक, दोलखाका अध्यक्ष उद्धव पोखरेल लगायतले जिल्लाको मानव अधिकारको वर्तमान अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: