‘फाँसीवादका सिङ जुरा आउँदैनन्, उनै मान्छे हुन भन्नुस’: वैद्य « Nagarik Khabar

‘फाँसीवादका सिङ जुरा आउँदैनन्, उनै मान्छे हुन भन्नुस’: वैद्य



काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकार फाँसीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् । काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले मिडियालाई चौथो अंग भन्दा पनि अपाङ्ग बनाउन खोजेको टिप्पणी गरे ।

मिडिया काउन्सिल सम्बन्धी विधेयकमा पत्रकारलाई दण्ड जरिवानाको व्यवस्था गरेकामा आपत्ती जनाउँदै उनले अड्डी लिएर बसेमा सरकार फाँसीवादमा गएको पुष्टि हुने तर्क गरे । विगतमा आन्दोलनमा संगै लडेपनि सरकारमा गएपछि जानेहरुले बाहिरका कुरा बुझ्न नखोज्ने र नबुझ्ने भन्दै वैद्यले तत्काल विधेयक फिर्ता लिन आग्रह गरे ।
भिडियो

सरकारमा गएपछि बुझिनेकुरा कम हुँदो रहेछ । बुझ्नु भएन भन्ने तर्क पनि ठिक छैन् भन्नुस् । हिटलरहरुले पनि समाजवाद भनेका थिए
मोहन वैद्य किरण
महासचिव, नेकपा क्रान्तिकारी माओवादी

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: