‘फाँसीवादका सिङ जुरा आउँदैनन्, उनै मान्छे हुन् भन्नुस्’ (भिडियोसहित) « Nagarik Khabar

‘फाँसीवादका सिङ जुरा आउँदैनन्, उनै मान्छे हुन् भन्नुस्’ (भिडियोसहित)



काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले मिडियालाई चौथो अंगभन्दा पनि अपाङ्ग बनाउन खोजेको टिप्पणी गरे ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई दण्ड जरिवानाको व्यवस्था गरेकामा आपत्ति जनाउँदै उनले अड्डी लिएर बसेमा सरकार फाँसीवादमा गएको पुष्टि हुने तर्क गरे । विगतमा आन्दोलनमा सँगै लडे पनि सरकारमा गएपछि जानेहरुले बाहिरका कुरा बुझ्न नखोज्ने र नबुझ्ने भन्दै वैद्यले तत्काल विधेयक फिर्ता लिन आग्रह गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: