आङछिरिङ शेर्पाको नाममा लुम्बिनीमा गोन्पा बन्ने, प्रधानमन्त्रीबाट शिलान्यास « Nagarik Khabar

आङछिरिङ शेर्पाको नाममा लुम्बिनीमा गोन्पा बन्ने, प्रधानमन्त्रीबाट शिलान्यास



रुपन्देही । लुम्विनी क्षेत्रको पर्यटन विकासका लागि पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ । भिक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय व्यवसायी शेर्पाको नाममा परिवारले नेपालमै पहिलो पटक आधुनिक गोन्पा निर्माण गर्ने भएको हो ।

१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यस गरेका छन् । सिलान्यसका क्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योग्दान रहेको बताउदै लुम्विनीमा उनको परिवारले गरेको सहयोगको प्रसंसा गरे ।

गोन्पामा भिक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने गरी निर्माण थालिएको निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले बताए । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पु¥याउन र विश्वभरका भिक्षुहरुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई बर्ष भित्रमा गोन्पाको पुर्ण निर्माण सम्पन्न गर्ने उनले बताए ।

शेर्पा परिवार लगानी गर्न इच्छुक रहे पछि लुम्विनी विकास कोषले जग्गा उपलब्ध गराएर सहयोग गरेको कोषका सदस्य राजेश ज्ञवालीले बताए । कोषको गुरुयोजना अन्र्तगत रहेर हाल सम्म लुम्विनी क्षेत्रभित्र २३ वटा राष्ट्रको गोन्पा निर्माण भई सकेको छ भने ३० वटा बढी भिक्षुहरुको लागि गुम्वा निर्माण भई सकेको सदस्य ज्ञवालीले बताए । तारा फाउण्डेशनसँगै रहेको जग्गामा गोन्पा भवनको निर्माण शुरु गरिएको छ । बर्षेनी लाख बढी पर्यटक भित्रिने लुम्विनी क्षेत्रमा ५० प्रतिशत बौद्धधर्मालम्वी र भिक्षुहरुले भ्रमण गर्ने भएकाले गोन्पा निर्माण गर्नु पर्ने आवस्यकता रहेको छ । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा आठ चुचुरो भएको नेपालकै नमुना डिजाइनमा गोन्पा निर्माण हुने भएको छ । यति एयरल्यान्सका निर्देशक समेत रहेका शेर्पाको गत २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएको थियो ।

सिलान्यस कार्यक्रममा प्रदेश पाँचका मुख्य मन्त्री शंकर पौडेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: