महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष « Nagarik Khabar

महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष



कञ्चनपुर । महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृृष्ठमा छापिएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो ।

कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ । १६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३÷६४ बाट नहर खन्न सुरु गरिएको थियो ।

तर, चैत ०७३÷७४ सम्ममा १२।७० किमि मात्र नहर तयार भएको छ । गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: