नेपाली चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो « Nagarik Khabar

नेपाली चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो



बाँके । पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ ।

भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली चलाएको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

भारतीय नागकिर देवीदिन विक शुक्रबार नरैनापुरमा चरेससहित पक्राउ परेका थिए । उनलाई छुटाउन सीमापरिका अधिकांश नागरिक आएर प्रहरी कार्यालय घेराउ गरेर गाडीमा ढुंगा र आगजनी गरेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: