यस्तो छ आजको मौसमः घामपानीबाट जोगिन छाता बोकेर हिड्नुस् « Nagarik Khabar

यस्तो छ आजको मौसमः घामपानीबाट जोगिन छाता बोकेर हिड्नुस्



काठमाडौं । आज दिउँसो काठमाडौ उपत्यका लगायतका धेरै जसो भागमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

तीन दिनको मौसमसम्बन्धी विवरणः

जेष्ठ ०५ गते (आईतबार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०६ गते (सोमवार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि, पूर्वी तराई भूभागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातिस् देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०७ गते (मङ्गलबार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बांकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: