काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँचको मृत्यु, २९ घाइते « Nagarik Khabar

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँचको मृत्यु, २९ घाइते



काठमाडौं । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको आदमघाटबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाच पुगेको छ ।

प्रहरीका अनुसार चारजनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जनाको गल्छी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । 

प्रहरीका अनुसार अहिलेसम्म २७ जना घाइतेको उद्धार गरिएको छ । आईतबार विहान काकडभिट्टाबाट काठमाडौ आउँदै गरेको ना ७ ख ४३८७ नं. को यात्रुबाहक बस बिहान ६ बजे गजुरी गाउँपालिका ६ बन्छेटारबाट त्रिशुलीमा खसेर दुर्घटनामा भएको थियो ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: