भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला « Nagarik Khabar

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला



भक्तपुर । भक्तपुर नगरपालिका–१, सल्लाघारीमा नेपाली सेनाको ब्यारेकपरिसरमा रहेको ऐतिहासिक रानीपोखरी अब सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका छन । नेपाली सेना रानीपोखरी सर्वसाधारणका लागि खुला गर्न सहमत भएको हो । पोखरीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई दर्शाउँदै नगरपालिकाले नेपाली सेनालाई सर्वसाधारणका लागि प्रवेश खुला गर्न अनुरोध गर्दै आएको थियो ।

नगरप्रमुख सुनील प्रजापतिले सेनाले पोखरीको क्षेत्र ब्यारेकबाट छुटाएर पुनर्निर्माण गर्न र सर्वसाधारणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गर्न पाउने सहमति दिएको बताए । देशकै जेठो रानीपोखरी जीर्णोद्धार र खेलमैदान खुला गर्ने विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भएको छलफलपछि सेनाले सहमति दिएको उनले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: